१३ बैशाख २०८१, बिहीबार
बिहारमा गठबन्धन फेरबदलपछि अर्को घमासान

  • एजेन्सी

  • ८ भाद्र २०७९, बुधबार ०६:३०

भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारले भारतीय जनता पार्टी  (भाजपा)  गठबन्धन त्यागेर हालै जेडीयू–आरजेडी गठबन्धन बनाएका छन् । गठबन्धन फेरे पनि मुख्यमन्त्री उनी नै बनेका छन् । गठबन्धन फेरिएपछि अब विधानसभा सभामुख फेर्ने कसरत शुरू भएको छ । गठबन्धनले भाजपा नेता तथा सभामुख विजयकुमार सिन्हालाई राजीनामा दिन सुझाव दिएको थियो तर सभामुख सिन्हाले सरकारको कुरा सुनेनन् ।
गठबन्धनले सभामुख सिन्हाविरुद्ध अविश्वासको प्रस्ताव समेत ल्याएको छ भने बुधवार विधान सभामा मुख्यमन्त्री नीतीशले विश्वासको मत लिने कार्यसूची छ ।  अविश्वासको प्रस्ताव दर्ता भए पनि सरकारले विश्वासको मत लिने प्रस्तावलाई भने सभामुख सिन्हाले नै निर्णयार्थ पेश गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्हाले आफू विरुद्धको अविश्वासको प्रस्ताव अवैध भएको दाबी गरेका छन् ।

उपसभामुख महेश्वर हजारीले भने सभामुख सिन्हाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मत राखेका छन् ।

 

Nabintech