८ बैशाख २०८१, शनिबार
कोहलपुर नगर स्वास्थ्यका कर्मचारी आक्रोशित, तलब भत्ता नखुवाउने नगरपालिकाको अडान कायमै

स्वास्थ्य मन्त्रालयले स्थानिय स्तरबाटै तलब भत्ता खुवाउन यस अघि लिखित निर्देशन दिइसकेको छ


  • प्रमोद रिजाल

  • ८ भाद्र २०७९, बुधबार १४:४२

कोहलपुर :कोहलपुर नगर स्वास्थ्यका कर्मचारी आक्रोशित आफुले पाउने तलब भत्ता नपाएपछि आक्रोसित भएका छन भने नगरपालिकाले नखुवाउने नगरपालिकाको अडान कायमै राखेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएपनि कोहलपुर नगरपालिकाले सो निर्देशन पालना गर्नेमा गम्भिर देखिएको छैन।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै सुरु समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई स्थानीय तहले नै तलबभत्ताको व्यवस्था गर्न निर्देशन दिएका थिए।

निर्देशनमा कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद वा तहका लागि मात्र उपलब्ध गराउन भनिएको छ। यस्तै सहमतिका आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि तलबभत्ता बापतको रकम मन्त्रालयबाट निकास नहुने जानकारीसमेत पत्रमा उल्लेख गरिएको थियो।

मन्त्रालयले समायोजन मिलान मापदण्ड अनुसार समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाल आएर फिर्ता पठाउने गरेको निर्णयप्रति पनि ध्यानाकर्षण भएको जनाएको भएपनि कोहलपुर नगरपालीका यस निर्णय र निर्देशण प्रति उदासिन रहदै आएको छ ।

स्थानिय सरकारले संघिय सरकारले गरेको यो निर्णयलाई ठाडो अस्विकार गरेको देखिन्छ, नेपालको संविधानको मर्म विपरित स्थानिय सरकार हिडन खोजेको प्रति आज बुधबार नगरपालिकाकै कार्य कक्षमा स्वास्थ्यका कर्मचारीहरुले आक्रोष पोखेका छन ।

तलब भत्ताका निम्ति छलफल गर्न भनि मेयर, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई स्वास्थ्यका कर्मचारीले आज नगर भबनमै बोलाएर कुरा गर्न खोजे पनि कर्मचारीका कुरा नसुनेर मेयर पुर्ण प्रसाद आचार्यले नगर सभाले गरेको निर्णय आफुले कार्यान्वय गर्ने बताउदै नगरपालिकामा दादागिरीले चल्दैन बिधि र नियमले चल्ने भन्दै बाहिरीएका थिए ।

एता कर्मचारीहरुले भने आफुहरुले आफनो तलब भत्ता मागको पत्र लेखिदिन अनुरोध गर्दै आफनो पारीश्रमिकका लागि आफै मन्त्रालय जाने बताएका थिए तर कुनै कुराको सम्बोधन नगरि नगर प्रमुखले १ दर्जन बढि प्रहरी बोलाएर आफु बाहिरिएका थिए ।

मेयर बाहिरिएपछि कोहलपुर प्रहरी प्रमुख ऐन बहादुर मल्ललाई आफनो गुनासो सुनाएका कर्मचारीहरुले सामान्य कुरामा प्रहरी बोलाएको भन्दै नगर प्रमुखप्रति आक्रोस पोखेका थिए । कोहलपुर नगरपालिका स्वास्थ्य शाखा मातहतमा कार्य गर्ने १६ वटा स्वास्थ्य संस्था रहेका छन । ३ वटा स्वास्थ्य चौकि, ११ वटा आधारभुत स्वास्थ्य केन्द्र, १ वटा शहरी स्वास्थ्य केन्द्र र १ वटा अस्पतालमार्फत कोहलपुरमा आम नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको भएपनि ३ वटा स्वास्थ्य चौकि बाहेक अन्य स्वास्थ्य संस्थामा दरबन्दि बिहिन तवरले सेवा प्रबाह भइरहेको छ ।

दरबन्धिबिहिन सेवा भईरहेको अबस्थामा नगरपालिकाले फादिल भन्दै कर्मचारी स्वास्थ्य मन्त्रालयमा फिर्ता गर्नुको रहस्यमय छ , स्वास्थ्य शाखामा स्विकृत दरबन्दिमा २१ जना कार्यरत रहेका छन २१ जनाको दरबन्दिले १६ वटा संस्था कसरी हाक्न सक्छ नगरपालिका आएका कोहलपुर प्रहरी प्रमुख मल्लसमक्ष कर्मचारीहरुले आफनो गुनासो पोखे ।

हामी लोक सेवा लडेर आएका कर्मचारी हौ कसैले टिकोटालो गरेर आएका हैनौ कि हामीलाई मन्त्रालयको निर्देशन बमोजिम नगरपालिकाले हामीलाई तलब भत्ता खुवाउनु पर्यो कि तलब भत्ताका लागि टिप्पणी उठाई तलबका लागि पत्राचार गरिदिनु पर्यो बरु पत्र हामी आफै लिएर मन्त्रालय जान तयार छौं भन्दै स्वास्थ्यकर्मी गेहराज खनालले
नगरपालिकाले स्वास्थ्यका कर्मचारी माथि राजनिती गरेको टिप्पणी गरे ।

मन्त्रालयले मौखिक रुपमा तलब खुवाउन सक्दैनौ भनेको कुरालाई लिएर आज सम्म मेयरसाबले कार्यपालिकाकै निर्णय कार्यानवयन गराउने तर्फ लागेको भन्दै खनालले आफुहरुलाई तलब खुवाउन नसकेको र मन्त्रालय फिर्ता पठाउन भनेको बारे लिखित पत्र देखाउन नगरपालिकालाई चुनौती दिएका छन । संघले स्थानिय तहले खुवाउछ भन्ने स्थानिय तहले संघमा जाने र उतै तलब खानोस भन्ने हामीलाई घर न घाटको पार्दै राजनैतिक प्रतिशोध साधिएको प्रति आपत्ति ब्यक्त गरे ।

Nabintech