१६ चैत्र २०८०, शुक्रबार
नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा, दाङमा वीरबहादुर ओली

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार ०८:०९

काठमाडौं :  नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)  हरुको काज सरुवा भएको छ ।  प्रहरी महानिरीक्षक (आईजीपी)  धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ ।

त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं, महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडा मकवानपुर, सन्तोष सिंह राठौरको नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौं र खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा गरिएको छ ।

को-कहाँ पुगे ?  हेर्नुस् सूची : 

Nabintech