७ बैशाख २०८१, शुक्रबार
टिचिङ अस्पतालबाट भागेका कैदी पक्राउ

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार ०८:१२

काठमाडौैं –  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट फरार भएको कैदी पक्राउ परेका छन् । अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङग गाउँपालिका वडा नं २ घर भएका ३१ वर्षीय भोला बुढाथोकीलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । बुधबार टिचिङ अस्पतालमा उपचारका लागि लगिएका बुढाथोकी अस्पतालबाट भागेका थिए । कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाएको थियो । साथै कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ ।

Nabintech