१२ बैशाख २०८१, बुधबार
नेपाल भारत सिमाबाट क्यारीङ मार्फत लाखौँ रकम बराबरका समानहरु आयात

प्रहरीको मान्छे भन्दै कपडाहरु क्यारीङ गरि नेपाल भित्र्याउनेको दैनिक जसो सिममा लर्को नै देख्न पाईन्छ


  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १०:१७

नेपालगन्ज: नेपाल भारत सिमाबाट दैनिक रुपमा क्यारीङ मार्फत लाखौँ रकम बराबरका समानहरु आयात हुने गरेका छन । मुख्य नाका जमुनाहाबाट मात्रै दैनिक २ देखि ३ हजारभन्द बढि ब्यक्तिहरु सिमा पारी रुपैडिहाबाट समान ल्याउने गरेका छन भने बाँकेका अन्य नाकाहरुबाट निर्बाध क्यारीङ मार्फत लाखौ रुपैयाका समानहरु भन्सार छलि आयात हुने गरेका छन । सिमा पारी रुपैडिहा बजारबाट नेपाल प्रहरीका ब्यक्तिहरुनै समान क्यारीङ गरि नेपाल भित्र्याउने गरेको पाइएको छ । उनीहरुले पसलेसंग प्रहरीको मान्छे भन्दै कपडाहरु क्यारीङ गरि नेपाल भित्र्याउन लगाउने गरेको एक व्यापारीले बताए ।

कपडाहरु नेपाल भित्र्याए वापत केहि रकम दिने समेत गरेका छन । सुरक्षार्थ खटिएका प्रहरीहरुबाटै बर्दीका भरमा गरिने भन्सार छलिका घटनाहरु नया भने होइनन । नेपाली बजारमा पसल गर्ने र भारतबाट वर्दीका भरमा दुइनम्बरी कपाडा ल्याई बेच्ने यहाँ थुप्रै छन । बर्दीमा रहेका बाट यस्ता गतिबिधी हुन्छन भने अन्य सर्वसाधारणहरु किन नगरुन ।

समाजमा रहेका गतल क्रियाकलापलाई रोक्न र नियन्त्रण गर्ने जिम्मा पाएका प्रहरीका कर्मचारीहरुबाटै आफै यस्ता कार्यमा संलग्न हुनु कतिको जायज होला । यसरी दैनिक रुपमा मुख्य नाकाबाहेक अन्य नाकाहरुबाट लाखौँ रकम बराबरको समानहरु भन्सार छलि गरि नेपाल भित्रिने गरेको छ । यस्ता कार्य रोक्नकालागि प्रहरीले पहिला आफ्ना मातहतका कर्मचारीका व्याबहार सुधार्न आबश्यक रहेको छ ।

केहि समय अघि बाँके प्रहरी अबैध भन्सार छलिका सामाग्री रोक्न तल्लिन प्रहर पछिल्लो समय सुस्ताएको देखिन्छ भने शसस्त्र प्रहरीले भने सिमा नाकामा कडाई गर्दै आएको छ । शसस्त्र प्रहरीले केहि दिन अघि मात्र लाखौ भन्सार छलि गरेका सामाग्रीहरु नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको छ । भन्सार छलिका गरेर ल्याइएका कपाडहरु अहिले नेपालगन्ज, कोहलपुर हुदै सुर्खेत दाङसम्म पुग्ने गरेका छन ।

Nabintech