• १५ मंसिर २०७९, बिहीबार
कोहलपुर नगर प्रमुखलाई खुला पत्र !

" खैरो कपाल बौद्धिकताको संकेत होइन यो त बुढेसकालको संकेत हो"


  • प्रेम शर्मा 

  • ९ भाद्र २०७९, बिहीबार १३:०६

श्रीमान नगरप्रमुख ज्यु,

कोहलपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
लुम्बिनी प्रदेश बाके
म विश्वस्त छु यो पत्रले तपाईंलाई म प्रती क्रोधीत बनाउने छ । मलाई साउ अक्षर चिनाउने मेरा आदरणीय गुरु बिरेन्द्र कुमार शाहलाई दुखी बनाउने छ । मेरा केही हितैशी मित्रहरू जस्लाई मेरो निजी जीवनको मामला सम्म सोध्ने गर्छु उहाँहरुको मन खिन्न बनाउनेछ।मेरा केही मान्यवर आफन्तहरुको मन अमिलो बनाउनेछ किनकि उहाँहरु सबै तपाईंको अनि मेरो पनि भलो चाहाने बिशेष ब्यक्ति पर्नुहुन्छ।
मलाई यो चिट्ठी लेख्न रहर थिएन र म तपाईंलाई बिशेष सल्लाह दिने बौद्धिक सामर्थ्य पनि राख्दिन । हो म तपाईं भन्दा उमेरका हिसाबले  आधा दशक पहिले यो धर्तिमा पदार्पन गरेको हु यस्को अर्थ यो होइनकी म तपाईं भन्दा बौद्धिक रूपमा अब्बल छु । एक जना विद्वानको भनाइ मलाई यतिबेला झल्झली याद आइरहेको छ ” खैरो कपाल बौद्धिकताको संकेत होइन यो त बुढेसकालको संकेत हो” । म त सधै आफुलाई एक अज्ञानी बालक जस्तो ठान्दछु । म अहंकारको घोडामा सवार छैन र जीवनमा त्यो धृष्टता गर्नेपनी छैन । म आफू दुधले नुहाएको निष्कलङ्क र तपाईलाई कलङ्कित दर्ज गर्न खोजेको पनि कदापि हैन । गलती बिनाको मनुष्य यो संसारमा विरलै पाइएला भने तपाईं हामी त संसारिक जीवनमा रहेका सामान्य कोटीका मान्छे न हौँ ।
अब म चिठीको बिषय प्रवेश गर्न चाहान्छु। यो भनेको दरबन्दी भन्दा बढी भएका  भनी कोहलपुर नगरपालिका द्वारा फिर्ता पठाइएका स्वास्थ्य कर्मचारी हरुको तर्फबाट के कस्ता पहलकदमी भए जानकारी हो किनकि  यो बिषय र कर्मचारी प्रतिको आशङ्काले यो घटना राजनैतिक जस्तो हुनपुग्यो जुन वास्तविक हैन । म पनि १७ जना अन्तर्गतका कर्मचारी मध्यको प्रत्यक्ष प्रभावित एक भएको कारण सबै परिघटनाको जानकार छु। बि. स. २०७९ साल साउन महिनाको ११ गतेको कोहलपुर नगरपालिका नगरकार्यपालिकाको बैठकबाट कोहलपुर नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत कार्यरत दरबन्दी भन्दा बढी रहेका १६ जना समायोजन भई  एकजना काजमा आएका कर्मचारीलाई संघीय स्वास्थ्य मन्त्रालयले तलब भत्ता निकासा नदिने भन्ने कारण देखाइ मन्त्रालय फिर्ता गर्ने निर्णय भएछ ।
त्यो दिन म काठमाडौ त्रीपुरेश्वरमा रहेको ब्लुक्रश हस्पिटलमा मेरो धर्मपत्नीको उपचार गराइरहेको   थिए । मेरो मोबाइलमा आएको कर्मचारी फिर्ताको सो  खबरले म चिन्तित भए।  तत्काल स्वास्थ्य मन्त्रालयमा रहेका एकजना मित्रलाई फोन गरे र सबै बेलिबिस्तार लगाए यो यसो गर्न नमिल्ने बिषय हो उहाँको जवाफ थियो। बिरामी चेकजाँचको रिपोर्ट १२ गते दिउँसो २ बजे आउने भयो । एकातिर स्वास्थ्य रिपोर्ट कस्तो आउँछ भन्ने चिन्ता त अर्को तिर कोहलपुर कतिबेला पुगेर सहयोगको याचना गरौं भन्ने पिर । भगवानको कृपा स्वास्थ्य रिपोर्ट घातक अन्तर्गतको रोग त देखाएन तर महिनामा दुई पटक डाक्टरको फ्लोअपमा जानुपर्ने बाध्यता आइलाग्यो।
सोही दिनको अन्तिम फ्लाइटमा म कोहलपुर आइपुगे ।
मेरो मनमा तपाईं प्रती कुनै गुनासो थिएन किनकि हरेक क्षेत्रका प्राबिधिक बिषयको जानकारी एउटा राजनितीज्ञलाई हुने कुरो पनि हुदैन । सम्बन्धित क्षेत्रका बिज्ञको राय सल्लाह अनुसार निर्णय लिने हो । पुर्बवर्ती स्थानीय सरकारको पालामा उट्पट्याङ काम गरेर फलप खाएका केही आलु प्रवृत्ति भएका मानिसहरुको याद आयो र घृणा पनि पलायो । गणेश र आलु प्रवृत्ति उज्ज्वल भबिस्यलाई धुमिल पार्ने खतरनाक प्रवृत्ति हुन  यो जीवनका अनुभवले प्रमाणित सत्य हो । तपाइँ एक उम्दा युवा हो मेरो बिन्ती छ सचेत अवश्य रहनुहोला।
१३ गते बिहान हामी केही साथीहरू जम्मा भएर सहयोगका लागि क- कस्लाई अनुरोध गर्ने भन्ने छ्लफल बाट नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेललाई पहिलो फोन मेरै मोबाइल बाट डायल गरिउ तर  उहाँको कार्य ब्यस्तताले समय दिन सक्नुभएन किनकी उहाँको पार्टीको जिल्ला तहको सम्भवतः तीन दिनको कार्यक्रम थियो ।
त्यसपछि संघीय स्वास्थ्य मन्त्री नेकपा समाजवादी पार्टीको तर्फबाट रहेकोले सोही पार्टीका केन्द्रिय सदस्य सामाजसेवी अशोक कोइराला ज्युको निवासमै गइ सहयोगको लागि याचना गरिउ र उहाँले तत्काल स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र उहाँहरुका बिज्ञ सल्लाहकारहरुलाई फोन गरि सो समस्या सामाधान गर्न अनुरोध गरिदिनु भयो । सोही दिन दिउँसो ३ बजे कोहलपुरमा कृयाशिल सम्पूर्ण दलका  नगर कमिटी प्रमुखहरुको सर्बदलिय छलफलको आयोजना गरियो जुन छ्लफलले उक्त समस्या सामाधानका लागि जस्ले जताबाट पहल गर्दा हुन्छ गर्ने र आवश्यक परे सर्वदलीय डेलिगेसन संघीय सरकार सम्म जाने  मौखिक र स्थानीय सरकार सग सर्वदलीय छलफल गर्ने लिखित निर्णय नै गरियो ।
सोही दिनको साझ अर्थात् २०७९साउन १३ गतेको साझ तपाईंको भन्दा भिन्न दर्शनमा विस्वास गर्ने केही साथीहरूले यो बिषयलाई सामाजिक संजालमा उठाइदिनु भयो र केही पत्रीकामा जुहारी नै चल्यो । जस्लाई तपाईंले प्रतिष्ठाको लडाइँको रुपमा बुझ्नु भयो।
यता एक हिसाबले पीडित कर्मचारीहरु द्वारा सम्पुर्ण वडाका वडा अध्यक्षहरु, बद्रीप्रसाद सापकोटा, इश्वरी बि. क. लगायतका पाका सामाज सेवी बुद्धिजिबीहरु सग सहयोगको लागि अनुनय भइरहयो  र सहयोगको वाचा पनि पाईरह्यो । डुब्न लागेको मानिसलाई त्यान्द्रोको सहारा भने झै ज जस्लाइ भनेर पार लाग्छ भन्ने सोच्नुभयो सबैलाई भन्नू भयो ।  फिर्तिमा परेका कर्मचारीहरुले स्वास्थ्य क्षेत्रमा कामगर्ने ट्रेड युनियनहरुलाई लिखित आग्रह गरे मुताबिक तपाईंसग आएर सहयोगको याचनाका साथै मन्त्रालयबाट तलब निकासा गर्न सहयोग गर्ने प्रतिबद्धता गर्दा पनि सुनुवाइ भएन ।
यी सबका बावजुद २०७९साउन २३ गते कोहलपुर नगरपालिका द्वारा स्वास्थ्य मन्त्रालयलाई  चिट्ठी लेखी कर्मचारी फिर्ता पठाइयो । त्यसको जवाफमा २०७९साउन ३० को माननीय मन्त्री स्तरको निर्णयले ७५३ वटै स्थानीय तहहरुलाई कर्मचारी यथा स्थानमा काममा लगाई तलब भत्ता दिनु भनी परिपत्र  भयो । तर तपाईंले त्यो निर्णय नमान्ने भनी पत्रपत्रिकामार्फत बोल्नु भयो र २०७९ साल भाद्र ७ गते संबंधित कर्मचारीहरुका हाजिरी रजिस्टरमा जबर्जस्ती रमाना टास गरिदिनु भयो। २०७९ साल भाद्र ८ गते तपाईंलाई अभिभावक ठानी रुदै अनुनय बिनय गर्दै आएका दिदी बहिनीहरुलाई प्रहरी लगाउनु भयो । तपाईं जानकार हुनुहुन्छ कि १७ मध्य १६ महिला छन र केहीले २९ बर्षको लामो जागीरे जीवन ब्यतित गरिसकेका छन ।
यो समस्याको  सामाधान के त ? तपाईंलाई तितो लाग्ला तर यो समस्याको उठान नै तपाईंको नीति प्रती बिरोधाभाषपुर्ण छ । मैले पहिले नै भनी सकेकी तपाईं एक उम्दा युवा हो । स्वास्थ्य सेवा नेपालको संविधानले मौलिक हकको रुपमा स्वीकार गरेको  सामाजवादी कार्यक्रमको एउटा  पाटो हो । तपाईं अबको पाँच बर्ष पछि हुने संघीय प्रतिनिधिसभा सदस्यको चुनावमा प्रमुख दाबेदार हो र हाललाई स्थानीय सरकारको प्रमुखको हैसियतले बार्षिक एक करोड रुपैयाँको जोहो गर्नसकिन र कर्मचारी फिर्ता गरे भन्ने भनाई नै तर्क सङ्गत छैन । हिजो साबिक तीनवटा मात्रै स्वास्थ्य सस्था भएको अवस्थामा २१वटा दरबन्दी हो अहिले १६ वटा स्वास्थ्य सस्था सन्चालनमा छ्न ।
के २१ जना मानव शक्तिले ती सस्थाहरु सन्चालन गर्न सकिन्छ ? २१ वटा दरबन्दीको कुरा एउटा छ महिनाको बालकलाई आमाको दुधले पुर्ण आहार प्रयाप्त हुन्थ्यो र उ सोह्र बर्षको किशोर हुँदा पनि आमाको दुधमा नै निर्भर हुनुपर्छ भन्ने तर्क जस्तो लाग्छ । एउटा किशोर सन्तानलाई आबस्यक पर्ने आहाराको ब्यबस्थापन उस्को अभिभावकले गरे झै हालसालै दरबन्दी ओएनएमको प्रक्रिया अगाडि बढाएर कर्मचारी ब्यबस्थापनको पहलकदमी शुरूवात गर्नुभएको छ यो स्वागतयोग्य कुरा हो । अर्को कुरो तपाईंको चुनावी घोषणापत्र अनुसार हजारौं रोजगारीका अवसर सृजना गर्नुछ । आधारभुत सेवाहरु जनताको घरदैलोमा पुर्याउनु छ । यस्तो परिवेशमा तपाईंले १७ मध्य १६ जना ( किनकी एकजना त काजमा हो ) कार्यरत कर्मचारीलाई पुर्बवर्ती सरकारले बढी ल्याएछ म फिर्ता गर्छु भन्ने रुन्चे तर्क गर्नेकी रोजगारीका अवसर सृजना गरेर उत्तम ब्यबस्थापकिय कौशल बाट जनतामा उत्साह ल्याउने ? यो तपाईंको लागि सोचनिय कुरा हो ।
तपाईं अलि बढी प्रतिक्रियात्मक हुनुभयो कि ? हुन त मानिसको केही परिघटना जन्य व्यबहार बाट उसको व्यबहारको सामान्निकरण गर्नु  व्यवहारिक नहुन सक्छ र केही हदसम्म मानिसको उम्मेरजन्य कारणले पनि प्रभाव पार्न सक्छ । तपाईंको भुमिका फेरिएको छ, ओहोदा फेरिएको छ त्यो अनुसार संबेदनसिलता पनि फेरिना आवश्यक छ । तपाईं अहिले आफैमा एक सस्था हो, अभिभावक हो,  नगरबासी सबैको साझा सम्पत्ति हो।
” कागले कान लग्यो भनेर कागको पछि दौडने कि आफ्नो कान छाम्ने” भन्ने एउटा पुरानो नेपाली उखान जस्तो तिब्र प्रतिक्रियात्मक नहुनुहोस । मानिस कति सफल कति असफल जिन्दगीको बलिदानीपुर्ण यात्राले प्रमाणित गर्ने कुरा हो न कि कसैको फेस्बुकको स्टाटस्ले । लडाइ यस्तो लड्नुहोस जस्मा अर्काको जित भन्दा तपाईंको हारको चर्चा होस । यसलाई लडाइँको रुपमा हेर्नू भएकोछ भने तपाईंको भ्रम मात्र हो । जो तपाईंको अगाडि आसुको धारा बगाउदै दयाको भिख माग्न आउँछ उ तपाईंको प्रतिस्पर्धी कसरी हुनसक्छ?  त्यसकारण आफ्नो कुटनैतिक र ब्यवस्थापकिय कौशलका साथ यो समस्या सामाधान गर्नुहोला । आशामा !
प्रेम शर्मा
चौरजहारी १३ पश्चिम् रुकुम
हाल कोहलपुर २ बाके
Nabintech