७ बैशाख २०८१, शुक्रबार
यी हुन् संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७९, बिहीबार १४:००

न्युयोर्क: एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् । बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए ।

बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका म्याकले उडान भर्ने क्रममा सुडानमा बालुवाको आँधीको सामना गरे र बसोबास नभएको प्रशान्त टापुमा रात बिताए । उनकी जेठी बहिनी जारा संसारभर एक्लै उड्ने सबैभन्दा कान्छी महिला बनेकी छिन् । उनले यस वर्षको जनवरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् ।

एकल उडानको लागि अघिल्लो कीर्तिमान बेलायती पाइलट ट्राभिस लुडलोले बनाएका थिए । गत वर्ष आफ्नो यात्रा पूरा गर्दा उनी १८ वर्ष १५० दिनको उमेरका थिए ।

Nabintech