१४ बैशाख २०८१, शुक्रबार
सिरियामा अमेरिकी हमला

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार ११:३८

दमास्कस:  अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध समूहविरुद्ध एकै दिनमा दुई राउण्ड हवाई हमला गरेको जनाएको छ ।

गत साता अमेरिकी सेनामाथिको हमलाको विरावेधमा अमेरिकी जेटले डेर अल जोउर प्रान्तमा बम वर्षाएको थियो । साँझमा अमेरिकी दुई आधारमा रकेट प्रहार हुँद तीन कर्मचारी घाइते भएका अमेरिकी सेनाले जनाएको छ ।

हेलिकप्टरहरूले केही रकेटहरू प्रक्षेपण गर्न प्रयोग गरिएका सवारी साधनहरूमा आक्रमण गरेका र दुई वा तीन संदिग्ध लडाकुहरू मारिए जनाइएको छ  । अमेरिकाले इरान र इरान समर्थित आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न नहिचकिचाउने रक्षा उपसचिव कोलिन काहलले बताए ।

Nabintech