१३ बैशाख २०८१, बिहीबार
दिवङ्गत पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णमा भक्तजनको भीड

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार ११:४४

काठमाडाैँ ।  दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाैँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास रही आएको छ ।

तस्बिर : विशाल आचार्य 

Nabintech