१६ चैत्र २०८०, शुक्रबार
१७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार १६:४६

काठमाडौं : नेपालमा थप १७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टीजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६१२ पुगेको छ । यही अवधिमा थप ४७ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Nabintech