१२ बैशाख २०८१, बुधबार
अटो दुर्घटना हुदा दुइको गयो ज्यान, पाँच घाइते

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०७९, मंगलवार १०:०८

काठमाण्डाै : सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी ३० वर्षीया धनी पुन र ७० वर्षीया कमला पुनको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका–१० नयाँ गाउँ नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Nabintech