७ बैशाख २०८१, शुक्रबार
नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रबार फेरी पहिरो, सडक अवरुद्ध

  • रासस

  • १७ भाद्र २०७९, शुक्रबार १०:१७

चितवन :  नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडक खण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।

पहिरोका कारण सो सडक खण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

Nabintech