१३ बैशाख २०८१, बिहीबार
कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार १०:२३

कपिलवस्तु: कपिलवस्तुको बिजयनगर गाउँपालिका–७ जुगनियामा शनिवार बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार काठमाडौँ घर भई हाल कृष्ण नगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय राम सेवन थारु रहेका छन् ।

भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु शनिवार बेलुकी ७ बजे अचानक खसेका थिए ।  मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्जस्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई इलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।

Nabintech