१५ बैशाख २०८१, शनिबार
वडा अध्यक्षको सय दिनको उपलब्धि महिलाको पेटमा बच्चा

पहिले माया प्रेम मोजमस्ति ४महिनाको बाच्चा पेटमा भैसक्दा बालत्कारको आरोप


  • प्रमोद रिजाल

  • १९ भाद्र २०७९, आईतवार १०:५९

नेपालगञ्ज: वडा अध्यक्ष माथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । बढैयाताल गाउँपालिका वार्ड न ३ का वडा अध्यक्ष लल्लन अहिर लाई सोहि ठाउँ बस्ने ३० वर्षिय बिबाहित महिलाले जबरजस्ती करणीको आरोप लगाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा मुद्दा दर्ता गराएकी हुन । नातेदार समेत रहेकि निज महिलाको पेटमा रहेको करिब ५ महिनाको गर्भ समेत निज लल्लन अहिरको भएको जाहेरीमा उल्लेख गरिएको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रिका अनुसार जाहेरी दर्ता भएको र निज आरोपि फरार रहेकाले निज लाई पक्राउ गर्न नसकेको जानकारी दिए । निजलाई पक्राउको लागि प्रहरी परिचालन गरिएको उन्को भनाई रहेको छ। निज हुन सक्ने सम्भावित ठाउँहरुमा समेत प्रहरीले अनुसन्धान गरिरहेको समेत जानकारी दिए । हाल निज पिडित महिला माईति नेपालको संरक्षणमा रहेकि छन । लल्लन अहिर नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।

यस सम्बन्धमा सर्बसाधारणहरुले बिभिन्न टिका टिप्पणी गर्न शुरु गरेका छन । सुमन मैनाली भन्छन बर्सौ देखिको सम्बन्ध ४ महिनाको बच्चा भएसी बलत्कार नैतिकताको हिसाबले वडा अध्यक्षले राजिनामा दिनु पर्छ तर यो भन्दैमा मन मिल्दा भएको चमत्कार अब अहिले घटना बाहिर आएपछि कति छिटो बलात्कार भैसकेछ ।

त्यस्तै दिबस त्रिपाठिले बलात्कार चाहिँ होइन भन्दै नेपालको नियम कानुनमा यो अरुको बच्चा हो जसको हो उस्ले स्विकार्नु पर्छ भन्न र मुद्दा मजबुत गर्नलाई पनि बलात्कार नभनी पिडितलाई सुखै छैन भनि बताएका छन । सोम खडका आफनो राय सहितको प्रतिक्रियामा कुरो के हो भने आफ्नो टाउको बँचे, मितज्यूको टाउको बेलै सरी भनेझैँ हो क्या गर्भ नरहेको भए यो सम्बन्ध कहाँ सम्म जान्थ्यो उनिहरु जानून । यो जवर्जस्ती हुँदै होइन । अब गर्भ रहिसके पछि त्यो सम्बन्ध कुनै हालतमा टिक्दैन बाहिर आइ नै हाल्छ । अब त्यस्तोमा महिलाले सहमती हो भन्यो भने बहुबिवाहमा ती महिलाले पनि कानूनी पनिस्मेण्ट पाउने । त्यो भन्दा रेप भनिदेउ आफू बरी, लल्लन जाए भाँडमे भनेर उल्लेख गरेका छन ।
बलजफ्ती करणी हुने भनेको एक पटक मात्र हो।पटक पटक हुने त सहमति मा हो। न्याय दिने न्याय मुर्ति ले यसमा राम्रो बिबेक पुर्याउनु जरूरी छ खेम पौडेलको धारणा रहेको छ । सरीता कुस्मि भन्छिन पहिले माया प्रेम मोजमस्ति ४महिनाको बाच्चा पेटमा भैसक्दा बालत्कारको आरोप।

एस्ता बेग्रेल्ति घटनाले नेपाली समाज कतै उल्टो बाटो त हिडिरहेको छैन प्रश्न खडा भएको छ । दिनानु दिन खस्किदो अनुशासले समाज गोजल्दै गएकाले आम नागरिक आफै सचेत नहुने हो भने यस्ले बिकराल रुप लिनेमा दुई मत देखिदैन ।

Nabintech