१४ बैशाख २०८१, शुक्रबार
एमालेले सिफारिस गर्यो संघिय निर्वाचनका लागि उम्मेदवार, सुर्य ढकाल संगको अन्तरंग संगै

गठबन्धन एमालेलाई हराउन नसकेकोमा चिन्ता गरिरहेको छः ढकाल


  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार १६:२३

बाँके: नेकपा एमाले बाँके क्षेत्र न १ ले संघिय निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमाले क्षेत्रिय कमिटीले नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल , संविधान सभा सदस्य देवराज भार , नेता पुजन विवकर्मा र बलराम भट्टराई लाई संघिय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।

त्यसै गरी बाँके क्षेत्र न ३ मा नेकपा एमालले बाँके जिल्ला अध्यक्ष किश्मतकक्षपति तथा जिल्ला सचिव रत्न खत्री र महिला नेतृ कृष्णा सार्कीको नाम सिफारिस गरेको नेकपा एमालेले जनाएको छ ।

सुर्य ढकाल संगको अन्तरंग

राजनीतिक यात्रा २०४५ सालदेखि सुरु गरेका सुर्य ढकाल, अनेरास्ववियु प्रा क सदस्य, अध्यक्ष, जिल्ला कमिटीको सदस्य, उपाध्यक्ष, अध्यक्ष अञ्चल कमिटीको अध्यक्ष, इन्र्चाज र केन्द्रिय कमिटीको सदस्य, राष्ट्रिय युवा संघ नेपाल, अञ्चल कमिटीको सदस्य, अञ्चल अध्यक्ष, केन्द्रिय सदस्य, इन्र्चाज केन्द्रिय प्रशिक्षाण विभागको प्रमुख, केन्द्रिय सचिव, उपाध्यक्ष, कार्यावाहक अध्यक्ष, पार्टी कमिटी, गाउँ कमिटीको सचिव, जिल्ला कमिटीको सदस्य, क्षेत्रिय कमिटीको संयोजक, इन्चार्ज, जिल्ला कमिटीको जिल्ला अध्यक्ष, प्रदेश कमिटीको सचिवालय सदस्य, हाल कार्यरत नेकपा एमाले केन्द्रिय कमिटीको सदस्य बाँके इन्चार्ज, पार्टीलाई संकट  परेका बेला काम गरेका पुर्व पार्टी अध्यक्ष मंसिर ४ मा हुने निर्वाचनको लागि बाँके क्षेत्र न १ सघको उम्मेदवार ढकालसँग  हाम्रा समाचारदाता संगको   कुराकानी सम्पादित केही अंश

१. के छ राजनीतिक हाल खवर ? के मा व्यवस्थ हुनुहन्छ ?
व्यक्तिगत जीवन ठिक चलिरहेको छ , पाँच दलीय गठबन्धनले मुलकमा पारेको राजनीतिक, आर्थिक सामाजिक र राष्ट्रियताका विषयमा पारेका र पार्ने सक्ने विषयहरुमा छलफल वहस अन्तरक्रिया गर्ने र पार्टीको आन्तरिक जीवनलाई एकतावद्ध र कार्यकर्तालाई उत्साहित गर्ने काममा लागि परेका छौं ।
२. स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षा गरे अनुसारको विजय हाँसिल गर्ने सकेन नि ?
२०७८ साल बैशाख ३० गते सम्पन्न्न भएको निर्वाचनमा हामीले सिट र मतको आधारमा ठुलो पार्टी बन्ने उद्घोष गरेका थियौं । सिटमा हामी पहिलो पार्टी भन्न सकेनौँ। मतका आधारमा एमाले पहिलो पार्टी बन्न सफल भएको छ । यस पटकको निर्वाचनमा नेपाली काँगेस, माओवादी केन्द्र, एस आदि चुनाव लडेनन्, अर्थात पाटीगत चुनाव लडेनन् । नेकपा एमाले र पाँच दलीय गठवन्धनको बिचमा चुनाव भएको थियो ।

चौतर्फी घेराबन्दी हुँदा पनि एमाले सिटमा दोस्रो र मतमा पहिलो भएको छ । हामी सिटमा पहिलो हुन नसकेको कारण समिक्षा गरेका छौं भने पाँचदलीय गठबन्धन भने एमालेलाई हराउन नसकेकोमा चिन्ता गरिरहेको छ । संघ र प्रदेशको चुनाबमा एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने सकिदैन भन्दै गठबन्धनलाई जोगाउन खोज्दै छन् ।यस पटक पनि सघ र प्रदेशको चुनावमा नेकपा एमाले र पाँच दलीय गठवन्धनको बिचमा चुनाव हुने छ ।
३. जनताले परिर्वतनको अनुभूति गर्न नसक्नुको कारण के हो ?
राजनीतिक परिर्वतन भयो । राजनीतिक अधिकार पनि सँस्थागत भयो । तर आर्थिक, सामाजिक र सिस्टममा परिर्वतन गर्न सकेनौं । सिष्टम महत्वपूर्ण कुरा हो । आर्थिक र सामाजिक परिर्वतन गर्नका लागि सिष्टम परिवर्तन गर्न नसक्दा जनताले परिर्वतनको अनुभूति पाउन सकेनन् ।
४. हाम्रा देशको विकास किन हुन सकेन ?
एक शताव्दी पहिलेसम्म हामीभन्दा गरिव राष्ट्रको सुचिमा दर्ज भएका राष्टहरु दक्षिण कोरिया, मलेसिया, सिङ्गापुर विकसित मुलुका रुपमा स्थापित भई सके । हामी भने खस्किदै खस्किदै अति गरिब राष्ट्रको सुचिमा आईपुगेको अवस्थामा छांै । हामीसँगै परिवर्तन भएका देश आर्थिक रुपले कहाँ पुगे । हामी किन सिङ्गगापुर, कोरिया जस्तो धनी हुन सकेनौ ? हामीमा के कमजोरी छ ?
आखिरी के भयो भने देश बन्छ ? अब हामी पनि गम्भीर बन्नु पदर्छ । स्थिर सरकार बन्न नसक्नु, लामो समयसम्म यथास्थिमा रमाउने पार्टी सरकारमा रहनु विकासको साझा मोडल नहुनु । राजनीतिक इच्छा शक्ति भएको व्यत्तिले सरकारको नेतृत्व गर्ने नपाउनु । आदि कुराले हाम्रो विकासलाई प्रभाव पारेको छ ।

५ .विकासको परिभाष के हो ? केलाई विकास भनिन्छ ?
आज हामीले भन्ने गरेको आधुनिक विकासको मान्यता सन् १९५० पछि विकसित भएको हो । त्यो भन्दा अगाडि शहरकिरणको विकास हुनु नै विकासको परिभाषा थियो । विकास सापेक्ष हुन्छ र यो मानवीय आवश्यकताले निर्धारण गर्दछ । विकासको परिभाषा त्यति सजिलो छैन । अर्थशास्त्रीहरुको दृष्टिकोणमा प्रतिव्यक्ति आम्दानी तथा कुल गार्हस्थ उत्पादनमा हुने वृद्धि विकास हो । राजनीतिहास्त्रीहरुको दृष्टिकोणमा विकास भनेको जनता सार्वभौमसत्ता सम्पन्न हुनु देशमा योग्य, सक्षम गतिशिल एव क्षमतावान नेतृत्व हुनु, नागरिक स्वतन्त्रता, मानव अधिकार सहित भौतिक उपलव्धताको सहजता हुनु हो । विकास भनेको जनताको जीवन स्तर सुधार आउनुु नै विकास हो । तर त्यो हामीले पाएका छैनौं ।
६.नेपालको विकासको लागि पहिलो शर्त के हो ?
कृषिप्रधान मुलुक भए तापनि वार्षिक खरवौ रुपया बराबरको कृषिजन्य वस्तु आयात हुने गर्छ । आलु पाँच अरबको आयात, हरियो तरकारी चार अरबको प्याज दुई अरबको गोलभेडा ४५ करोड मेवा २ अरब खरवुजा १ अरब को आयात हुन्छ , चामल १२ अरव ३८ करोड, मासु १७ अरबको आयत हुने देशका नागरिक हौं हामी । उता कामको खोजिमा लाखौँ  युवाहरु विदेशी भूमिमा रगत पसिना बगाइरहेका छन् ।

कृषिको आधुनिकरण तथा व्यवसायी करण र श्रमको सम्मान गर्ने सस्कृतिको विकास नै नेपालको विकासको पहिलो सर्त हो । सडक विभागले सडक निमार्ण गरेको १ महिना नबित्यै ढलने बाटो भत्तकाउन सुरु गदर्र्छ । ढल निमार्णको काम फत्ते भएपछि खानेपानीले भत्तकाउन सुरु गदर्छ । खानेपानीको काम फत्ते भएपछि टेलिकमले लाइनको लागि भत्तकाउन सूरु गदर्र्छ यही हो नेपालको विकासको अहिलेसम्मको मोडल कागजी प्रकृया ठिक भए सवै ठिक हुने विकास मोडल हाम्रो विकास मोडल भयो । यो विधिलाई पनि परिर्वतन गर्नु पर्छ । विकासमा वाधकको रुपमा रहेका कानुनहरु परिर्वतन गर्नु पर्छ ।

७.तपाई एमालेको नेता चुनाव लडने तयारीमा पनि हुनुहन्छ के कुराले तपाईलाई पिरोलिरहन्छ ?
यस्ता धेरै मुद्धा र विषयहरु छन् । पहिला विकासको साझा मोडन तयार गर्ने, पराराष्ट्र नीति सबै पार्टीको एउटै बनाउने, बन कार्यालय, मन्सार इलाका जिप्रका, सिंहदर जस्ता कार्यालयमा जम्मा भएर कुहेर सडेर जाने ती बस्तुहरुको वैज्ञानिक व्यवसथा गर्ने, शिक्षामा आमुल परिर्वतन गर्ने, एक घर एक रोजगारीको वैधानिक व्यवस्था मिलाउने, शिक्षण पेशमा ए पलसलाई मात्र इन्ट्री गर्ने र सबैभन्दा बढी तलव शिक्षण पेशमा कायम गर्ने दिने व्यवसथा गर्ने र श्रमको सम्मान गर्ने विधि सस्कृतिको विकास गर्ने र किसानलाई परिचय पत्र उपलव्ध गराउने जस्ता महत्वपूर्ण तर गर्न सकिने कुराहरु पनि किन हुन सकिरहेका छैनन् ? भन्ने कुराले पिरोलिरहन्छ । यस्तै यस्तै विषयहरुले सताइरहेको हुन्छ ।

८.तपाई ३०, ३१ वर्षदेखि निरन्तर यो क्षेत्रमा राजनीतिक काम गरिरहनु भएको छ यो क्षेत्रमा प्रथामिकताका साथ गर्नेु पर्ने कामहरु के के हुन् ?
फरक फरक मनोविज्ञान भएका कोहलपुर, राप्तीसोनारी र नरैनापुर यो क्षेत्रमा पर्छन् । शिक्षा, स्वाथ्य र रोजगार यी तीनै पालिकाका साझा समस्या हुन् । नरैनापुर हर हिसावले पछाडि पारिएको र परेको छ । नरैनापुरको लागि यहाँका जनताको जीवन स्तर उठाउनु पर्छ । युवालाई स्वरोजगार बनाउने कुरालाई प्राथमिकतामा राख्दै राप्तीसोनारीको राप्ती नदी र खोला नालाबाट हुने कटान, डुवान र बाँके राष्ट्रिय निकुन्जबाट हुने जङ्गली जनवारले गर्ने क्षति, कोहलपुर चपरगौढी खडकवार घुईयावारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेसीय मार्ग र कोहलपुर क्रिकेट मैदान यी मुद्धाहरुलाई प्रथामिकतामा राखेर काम गर्न सकियो भने विकास र अर्थ राजनीतिमा क्षेत्र न १ ले फटको मार्ने छ ।

९.एमालेलाई मत किन दिने ? अहिलेको सरकारले नीतिलाईभन्दा नेतालाई प्राथमिकतामा राखेको छ । जनतालाई कसरी सेवा सुविधा दिनेभन्दा कसरी सत्ता टिकाउनेमा केन्द्रित छ । यो गठबन्धनले mअअ, कउउ तथा राष्ट्रघाती विधेकहरु पास गरेको छ। यसलाई खारेज गर्नु छ । जनताका मुर्छित सपनाहरु जागृत गर्नु पर्नेछ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न पनि एमालेलाई मत दिनै पर्छ । नेपाली समाजमा रहेका विधमान सबै प्रकारका अन्याय, अत्याचार र विभेदको समाप्त गर्ने पाटी एमाले नै हो । न्याय, स्वतन्त्रता र समानता, सामाजिक सदभाव, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि एमालेलाई मत दिनै पर्छ । कालापानी लिपुलेक र लिम्पुधुरा हाम्रा भूभागहरु अलपत्र परेका छन् । यी भूभागहरु फिर्ता ल्याउन पनि एमाले बाहेक अन्य कुनै.बकल्पनै छैन । अब भन्नुहोस् यस्तो अवास्थामा एमालेलाई भोट नदिने भन्ने सवाल उठ्छ .र ? यी कामको नेतृत्व एमाले वाहेक अरु कसैले गर्ने सक्दैन । त्यसैले पनि जनताले एमालेलाई नै मत दिनेछन् ।

१०. एमालेले चुनाव जित्ने आधार के हो ? जनता गठबन्धनको विपक्षमा छन् । गठबन्धन राष्ट्रियता जोगाउन बनेको होइन भन्ने कुरा जनजनलाई थाहा छ । जनतालाई सत्ता होइन राष्ट्रिय शक्ति चाहिएको छ । गठबन्धनले राष्ट्रियता कमजोर बनाएको छ । गठबन्धनले गरेका राष्ट्रघात, जनघात र जनविरोधी कार्यहरु, नेकपा एमालेको केन्द्रदेखि टोलसम्म बनेका पाटी कमिटीहरु, तथा हाम्रो संगठन, नेकपा एमालेसँग आवद्ध जनवर्गीय संगठनहरु, जनताको आकर्षण र सरकारमा रहदा हामीले गरेका राम्रा कामहरु र प्रतिपक्षमा रहदा हामीले खेलेको भूमिका नै हामी जित्ने आधारहरु हुन् ।

११. राजनीतिक दल र तिनका नेताहरु प्रति यति धेरै असन्तुस्टी किन बढिरहेको छ ? जनतामा तिन प्रकारका असन्तुष्टि छन, एउटा अनावश्यक भ्म फिजाएर,आर्को राजनीतिक वैचारिक आग्रहजस्ता कुराले गरिने विरोध ,आर्को सरकार र जनप्रतिनिधिहरुले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेका कारण पनि असन्तुष्टि बढेको छ । जनताले परिर्वतनको अनुभुति पाउने गरि काम गर्ने हो भने जनताको असन्तुस्टीलाई कम गर्ने सकिन्छ ।

Nabintech