७ बैशाख २०८१, शुक्रबार
पाकिस्तानमा बाढी प्रभावितहरुमा स्वास्थ्य समस्या, १ लाख ३४ हजारभन्दा धेरैलाई झाडापखाला

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार ०७:१२

पाकिस्तान: पाकिस्तानमा बाढी प्रभावितहरुमा स्वास्थ्य समस्या देखिन थालेकाे छ । बाढीबाट प्रभावित सिन्ध प्रान्तका नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको हो  । त्यहाँ गर्भवतीहरु बढी प्रभावित भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढीपछि  ४७ हजारभन्दा धेरै गर्भवती आश्रय शिविरमा  बस्न बाध्य  छन् ।  सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढी पछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको बताउनु भएको छ। यो प्रान्तमा  १ लाख ३४ हजारभन्दा धेरैमा झाडापखाला र ४४ हजार जनामा मलेरिया देखिएको उहाँको भनाइ छ ।

बाढी पीडितमध्ये अहिलेसम्म एक लाखभन्दा धेरै जना चर्मरोगबाट पीडित छन् भने एक सयभन्दा बढी सर्पदंश र ५ सयभन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका स्थानीय सञ्चारमाध्यले जनाएका छन् । पाकिस्तानमा आएको बाढीले झण्डै  ३ करोड ३० लाख मानिसलाई असर गरेको छ  भने दशौँ हजार विस्थापित भएका छन् ।

Nabintech