७ बैशाख २०८१, शुक्रबार
क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार ०७:१४

काठमाडौं : क्यानडामा भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ ।

घटना उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा भएको हो । स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ । ‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्याउनुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरे।

जेम्स स्मिथ क्री नेसनमा आपत्काल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदय विदारक’ भनेका छन् ।

Nabintech