१२ बैशाख २०८१, बुधबार
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार ०८:२४

काठमाडौं: नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत निर्धारित मिति भन्दा एक महिना अघि नै सुरु हुन लागेको पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद (राखेप) ले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय  खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका छ ।

तर, नेपाल टी-२० लिगको मिति पनि त्यही समयमा पर्ने भएकोले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीहरूको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो ।

‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागट्ठ ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको छ,’ नवौँ राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिका सचिव खुशराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Nabintech