१६ चैत्र २०८०, शुक्रबार
२२७ कोरोना संक्रमित भेटिँदा १६८ जना संक्रमणमुक्त

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार १६:०४

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ४०१ जनामा गरिएको परीक्षणमा २२७ जना संक्रमित भेटिएका हुन्।

यही समयमा १६८ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ४७३ जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमितमध्ये हाल ३ जना भेन्टिलेटरमा‚ २२ जना आइसियुमा‚  १०३ जना संस्थागत आइसोलेशनमा र २ हजार ३७० जना होम आइसोलेशनमा रहेका छन्।

Nabintech