१४ बैशाख २०८१, शुक्रबार
बेलायतकी महारानी एलिजावेथको निधन

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार ०५:५७

काठमाडौँ — बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।  ९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय उनको अधिकांश समय बालमोरल दरबारमा बित्ने गरेको थियो ।

बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालको राजकीय भ्रमण गरेकी थिइन्।

Nabintech