१५ बैशाख २०८१, शनिबार
महिला साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १५:३२

काठमाडौं: साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल अपराह्न ५ः३० बजे सुरु हुनेछ ।

श्रीलंकासँग पाँचौंपटक भेट हुँदै गर्दा भुटान पहिलो जितको खोजीमा छ । प्रतियोगितामा भुटानको दोस्रो खेल हो भने श्रीलंकाको पहिलो खेल हो । त्यसैले दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न भुटानलाई श्रीलंकामाथि जितको विकल्प छैन ।
श्रीलंकालाई भने बराबरीले पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम रहन्छ । श्रीलंकाले दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ । भुटान पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।
Nabintech