८ बैशाख २०८१, शनिबार
उत्तरी ब्राजिलमा डुगां डुब्दा चौधको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १५:४०

एजेन्सी: उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुगां डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

उक्त घटनामा २६ जना बेपत्ता भएका छन्। माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुगां कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो।

अग्निनियन्त्रकहरूले गोताखोर, नौ वटा डुगां र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए।

Nabintech