७ बैशाख २०८१, शुक्रबार
मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७९, शनिबार १३:४७

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन्। सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए। ‘यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो’, सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई बताएका छन्। घटना बारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

Nabintech