८ बैशाख २०८१, शनिबार
कोरोना अपडेट : आज १७९ जना संक्रमित भेटिँदा १ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७९, सोमबार १७:३०

काठमाडौं : सोमबार देशभर १ सय ७९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९५९ जनामा गरिएको परीक्षणमा १ सय ७९ जना संक्रमित भेटिएका हुन्।

आज १ जना संक्रमितको मृत्यु भएको छ भने १ सय ७१ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार २७१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमितमध्ये १५ जना आइसियूमा ८१ जना संस्थागत आइसोलेशनमा र २ हजार १९० जना होम आइसोलेशनमा रहेका छन्।

Nabintech