६ बैशाख २०८१, बिहीबार
सावित्राले श्रीलङ्कासँगकाे खेल गुमाउने

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७९, सोमबार १७:४६

काठमाण्डाै : राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियशिपअन्तर्गत आज साेमवार हुने श्रीलङ्कासँगकाे खेल गुमाउने भएकी छिन् ।उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्कासँगको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गी देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गी देखिएको छ । उनीहरूकाे स्वास्थ्य स्थिति भने सामान्य रहेको छ ।

यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई पनि डेङ्गी सङ्कमण भएको थियो । नेपालले श्रीलङ्कासँग आज बेलुकी साढे ५ बजे खेल्दैछ । याे खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई चार–शून्य गोलले पराजित गरेको थियो । त्यति बेलाको खेलमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई/दुई गोल गरेका थिए ।

समूह ‘बी’ मा रहेको नेपालले एक खेलमा तीन अङ्क जोडेको छ । नेपालले श्रीलङ्कालाई पराजित गरेमा समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समान एक खेल खेलको श्रीलङ्का अङ्कविहीन छ । यसअघि भएको खेलमा श्रीलङ्का भुटानसँग पराजित भएको थियो ।

Nabintech