६ जेष्ठ २०८१, आईतवार
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार ०६:४२

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?

नेपालगञ्ज: आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। राती गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Nabintech