१६ चैत्र २०८०, शुक्रबार
नवौं राष्ट्रिय खेलकुदमा कर्णालीको पहिलो जित

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार १५:१५

काठमाडौँ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीले मधेश प्रदेशमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो। जितसँगै कर्णाली समूह ‘ए’मा ४ अंक जोड्न सफल रह्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै ११४ रन बनाएको थियो। उसका लागि विपीन रावलले २४ रन बनाउँदा प्रकाश जैशीले १९ र दिनेश अधिकारीले १५ रन जोडे। त्यस्तै अनुज चुनाराले १७ रन बनाउँदा रवीन्द्र शाहीले १० रन बनाएका थिए। मधेशका लागि मोहम्मद अदिल आलामले ५ विकेट हात पारेका थिए।

११५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मधेश १११ रनमा समेटियो। मधेशका लागि ओपनर हरिशंकर साहले सर्वाधिक ४८ रन बनाउँदा रोहन विकेलदे १० तथा राकेश कामत १९ रन जोडेर अविजित रहे पनि टिमको हार टार्न सकेनन्।

Nabintech