काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु र सय ग्रुपमा आबद्ध युवाले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । चोलेन्द्रले निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने प्रयास गरेका छन् ।
यसअघि सरकारले चोलेन्द्रलाई उनको निवासमै रोकेको थियो ।