१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

गठबन्धन सरकार चाहिँदैन , नागरिकता बेच्न पाइँदैन


  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७९, बुधबार ११:३६

काठमाडौँ : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा अनेरास्ववियुले आज बिहान त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको हो ।

उनीहरूले गठबन्धन सरकार चाहिँदैन , नागरिकता बेच्न पाइँदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएन । प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

सभामुख अग्निप्रसाद  सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाउनुभएको थियो ।

 

Nabintech