१२ बैशाख २०८१, बुधबार
मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७९, बिहीबार १६:१६

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो।

मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो।  बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए।

अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उनले बताए ।

Nabintech