११ बैशाख २०८१, मंगलवार
इरानमा प्रदर्शन हिंस्रक बन्दै गएपछि राष्ट्रपतिले दिए छानबिनको आदेश

  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७९, शुक्रबार ०९:३३

काठमाडौं : इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्।

गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृत्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई शव बुझाएको थियो।

यो घटनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने प्रदर्शन थप सहरमा विस्तार भएको छ।

सामाजिक सञ्जालका माध्यमबाट दैनिकजसो प्रदर्शनकारीहरु थपिँदै गएपछि राष्ट्रपति इब्राहिम अनुसन्धानको आदेश दिन तयार भएका हुन्।

हिजाफको नियम तोडेको आरोपमा हिरासतमा युवतीको मृत्यु भएपछि हजारौँको संख्यामा युवतीहरु हिजाफ फालेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको प्रदर्शनमा युवाहरुको पनि साथ छ।

Nabintech