१५ बैशाख २०८१, शनिबार
जसपाका नेता श्रीपाइली एमाले प्रवेश

  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७९, शुक्रबार १४:१५

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।

अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन् ।

श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको नेकपा (एमाले) विरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निःस्वार्थ एमालेमा प्रवेश गरेको बताए। चुनावी दौडाहामा रहेको एमालेले पछिल्लो समय पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिँदै आएको छ।

Nabintech