१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा असुरक्षित भ्युटावर निमार्ण गरेको भन्दै विशेष अदालतमा मुद्धा दर्ता

अध्यक्ष दशरथ शर्मा पराजुली समेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी


  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७९, शुक्रबार १७:३८

बाँके: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कोहलपुर नगरपालिका  रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली समेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दान दायर गरेको छ ।

आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा भ्युटावर निर्माणको लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६०९ खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरेको अख्तियारको दाबी छ । जसबाट सार्वजनिक सम्पत्तिको हानी-नोक्सानी गरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।

अख्तियारले भ्युटावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष विनुकुमारी पाण्डे र सचिव दिलमाया रानालाई प्रतिवादी बनाई शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Nabintech