६ बैशाख २०८१, बिहीबार
शुभारम्भ भयो कोहलपुरमा कृषि आर्गेनिक पसल

  • टाइम्स संवाददाता

  • १० आश्विन २०७९, सोमबार १४:२८

कोहलपुर: हाम्रो कृषि सहकारि सस्थाले “हाम्रो आर्गेनिक कृषि पसल” आर्गनिक खाद्य पसल सन्चालनमा ल्याएको छ । कोहलपुर गोलपार्क स्थित आफ्नो कार्यालय परिसरको एक सटरमा हुम्ला जुम्ला मुगु डोल्पा लगाएता जिल्लाबाट चिनो कागुनो अचार खाने भाङ्गो, टिम्मुर, घ्यु, घट्ट्मा पिसेको मकैको पिठो, कोदाको पिठो , बिभिन्न रैथाने जातका चामलहरु मार्सि, जरन फापर, कालो चुक , बेसार आदि मार्टमा पाइने सस्थाले जनाएको छ ।

घटस्थापनाका दिन पारेर संस्थाका प्रथम शेयर सदस्य इश्वरी कुमारी लामिछानेले उक्त कृषि मार्टको समुदघाटन गरेकी हुन । पसलमा सस्थाले करिब १० लाख लागतमा उपर्युक्त सामान राख्न लागेको हो । पछिल्लो समय बिसादियुक्त तथा हाइब्रेड खाद्यान्नले नागरिकहरुको स्वास्थ्यमा समेत गम्भिर असर गरेको अबस्थालाइ मध्य नजर राखि स्वास्थ्यबर्धक खाद्यान्न राख्न लागिएको सहकारिका कोशाध्यक्ष संजय मण्डलले बताए ।
खाद्यान्न सङ्गै घुम्ति तरकारि संकलन केन्द्र निर्माण गरि किसानको तरकारि घरैबाट खरिद गरि बजारिकरण गर्ने लक्ष्य समेत रहको मण्डल बताउछन । कृषि सहकारि भुमि ब्यबस्था मन्त्रालयको सहयोग लिएर कोहलपुर ११ बिधुत रोड पश्चिम तरकारि हाट बजार समेत गर्न लागिएको संस्थाले जनाएको छ ।

कृषि मार्ट शुभारम्भ समारोहमा नेपाल पत्रकार महासंघ बांकेकाका पुर्ब अध्यक्ष रुद्र सुबेदी, जनआस्था बहुउद्धेश्यि सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद बेल्बासे लगाएतले मार्टको उज्जवल प्रगतिको कामना गरेका थिए । संस्थाका प्रबन्धक प्रमोद रिजालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन बिनोद भट्टराईले गरेका थिए ।

Nabintech