७ आश्विन २०८१, सोमबार
सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, मृतक आठैजनाको पहिचान खुल्यो

बिहेको भोजमा सहभागी भएर बाँके कोहलपुरबाट  कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप बुधबार बिहान ३:३० बजेतिर  दुर्घटना भएको हो


  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७९, बुधबार ०७:५९

काठमाडौं : सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। बाँकेको धकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले  जनाकारी दिए।

राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मूलपानीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने आठैजनाको पहिचान खुलेको छ।दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्।

यस्तै सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली घाइते भएका छन्। प्रादेशिक अस्पताल तुलसीपुरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहेको भोजमा सहभागी भएर बाँके कोहलपुरबाट  कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप बुधबार बिहान ३:३० बजेतिर  दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा ९ जना सवार थिए।

 

Nabintech