७ आश्विन २०८१, सोमबार
कोहलपुर नगरपालिकाले स्थानीय बजार अनुमगनलाई तिब्रता दिने

अनुगमनका क्रममा कोहलपुर क्षेत्रमा रहेका कपडा व्यापारीहरुले दररेट पारदर्शी नबनाएको, नगरपालिकामा आफ्नो व्यापार दर्ता नगरीएको पाइएको छ


  • टाइम्स संवाददाता

  • १२ आश्विन २०७९, बुधबार १५:५४

कोहलपुर:चाडपर्व नजिकिए संगै कोहलपुर नगरपालिकाले स्थानीय बजार अनुमगनलाई तिब्रता दिने जनाएको छ । बुधबार कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी बि.कको संयोजकत्वमा कोहलपुर मा रहेका कपडा पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कोहलपुर क्षेत्रमा रहेका कपडा व्यापारीहरुले दररेट पारदर्शी नबनाएको, नगरपालिकामा आफ्नो व्यापार दर्ता नगरीएको पाइएको छ ।

चाडपर्वका समयमा स्थानीयहरु नठगिउन र उनीहरुले कामयम गरिएको दरमा नै समान किन्न पाउन भन्ने उदेश्यका साथ बजार अनुगमन गरिएको आर्थिक विकास शाखा प्रमुख बिरबहादुर बि.कले बताउनु भयो । चाड पर्व नजिक आईसकेको हुदा स्थानीय सरकारको उत्तरदायित्वको रुपमा बजार अनुगमन भएको हुदा पनि अनुगमनलाई निरन्तरता दिएको बि.कले जानकारी दिनुभयो ।

पहिलो दिन भएकोहुदा कपडा व्याबसायीलाई अनुगमन गरेका हौँ आगामी दिनहरुमा जनताको घरमा दैनिक प्रयोगमा आउने खाद्य बस्तु लगाएका पसलहरुमा अनुगमन गर्ने योजना रहेको समेत उहाँले बताउनु भयो । बजार अनुगमनका कोहलपुर नगरपालिकाका, इलाका प्रशासन, इलाका प्रहरी कार्याय, कोहलपुर उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Nabintech