७ आश्विन २०८१, सोमबार
सल्यान जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट कोहलपुर ल्याइयो (अपडेट)

बिहान करिब ६ : ४० मा कुमाख गाउँपालिका ७ जिमाली स्थित कच्ची सडक खण्डमा उकालोमा ब्याक गर्दैगर्दा जिप अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो


  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १३:५३

सल्यान : जिल्लाको कुमाख गाउँपालिका-७ जिमालीमा भएको जिप दुर्घटनामा घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगिएको छ।नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान घाइते  सुनिता बोहरा पुन मगरलाई थप उपचारका लागि ६ महिने छोरीसहित हेलिकप्टरबाट कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सुनिताको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। उनकी ६ महिने छोरीको अवस्था भने सामान्य रहेको छ।

शनिबार बिहान कुमाख गाउँपालिका-७ डुमकोटबाट शारदा नगरपालिका-११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटना भएको थियो।

दुर्घटनामा कुमाख गाउँपालिका-७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो।

अन्य १५ जना घाइतेलाई पनि नेपालगञ्ज रिफर गरिएको छ। जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार गराइरहेका १५ जनाको प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

Nabintech