२३ मंसिर २०८१, आईतवार
यी हुन् प्रत्यक्ष चुनाव लड्ने एमालेका १५ पदाधिकारी

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १५:५३

काठमाडौं : नेकपा एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत लागि एमालेका अध्यक्ष केपी शर्मा ओली (झापा-५), वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (काठमाडौं-५), उपाध्यक्ष विष्णु पौडेल (रुपन्देही-२), उपाध्यक्ष सुवास नेम्वाङ (इलाम-२), उपाध्यक्ष सुरेन्द्र पाण्डे (चितवन-१), महासचिव शंकर पोखरेल (दाङ-२), उपमहासचिव प्रदीप ज्ञवाली (गुल्मी-१), उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (लमजुङ प्रदेश ख), सचिव टोपबहादुर रायमाझी (अर्घाखाँची), सचिव लेखराज भट्ट (कैलाली–४), सचिव गोकर्ण विष्ट  (गुल्मी–२), सचिव योगेश भट्टराई (ताप्लेजुङ), सचिव छविलाल विश्वकर्मा (रुपन्देही–१), सचिव रघुवीर महासेठ (धनुषा–४) र सचिव पद्मा अर्याल  (स्याङ्जा–२) मा उम्मेदवार बन्ने भएका हुन्।

बिहीबार बालकोटमा अबेर रातिसम्म बसेको एमाले सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर आएका नेताको उम्मेदवारी टुंगो लगाएको हो। सचिवालय बैठकले नमिलेका क्षेत्रमा परामर्श लिएर गृहकार्य गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ ।  एमालेका १५ पदाधिकारीसहित ५७ जना उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन्।

Nabintech