१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरका एलबी क्षेत्री राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १६:५५

कोहलपुर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर एलबी क्षेत्री राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार, मन्त्री परिषद्को असोज ११ गतेको बैठकले बाँकेको कोहलपुर–१० निवासी क्षेत्रीलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित गरेको हो ।

क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए । पहिलो राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान क्षेत्री नेपालमा महिला क्रिकेटको उन्नयनका लागि प्रेरक व्यक्तित्व मानिन्छन् ।

‘खेलाडीलाई अब पैसा होइन, पेशाको सुनिश्चितता गर्नेतर्फ मेरो जोड रहन्छ,’ मनोनयनपछि दैनिक नेपालगन्जसँग क्षेत्रीले भने, ‘कुनै प्रतियोगिताकमा उपाधि जितेपछि खेलाडीलाई प्रोत्साहनका लागि रकम दिनुभन्दा रोजगारीको सुनिश्चितता महत्वपूर्ण हुन्छ ।’

उनी न्यु बगेश्वरी एकेडेमी कलेजका सस्थापक सदस्य एबम लेक्चरर त्रिभुवन मा बि कोहलपुर कोहलपुरका शिक्षक समेत हुन दर्जन बढि सामाजिक क्षेत्रमा लागेका क्षेत्रिलाई कोहलपुरको एक शालिन ब्यक्तित्वको रुपमा हेने गरिन्छ ।

Nabintech