१३ बैशाख २०८१, बिहीबार
अखिलको पाँचौ पुर्ण बैठक तथा भेला एबं प्रशिक्षण कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार २०:०१

कोहलपुर:अनेरास्ववियु बाँके जिल्ला कमिटीको पाँचौ पुर्ण बैठक तथा भेला एबं प्रशिक्षण कार्यक्रम शनिबार कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा सम्पन्न भयो । अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष झपिन्द्र खत्री ज्यु को प्रमुख अतिथ्यतामा तथा एमाले केन्द्रिय सदस्य सुर्य ढकालको बिशिष्ठ आतिथ्यमा सम्पन्न उक्त बैठक तथा भेला एबं प्रशिक्षण कार्यक्रममा , पार्टीका जिल्ला अध्यक्ष अध्यक्ष किस्मत कुमार कक्षपती , सचिब रन्त खत्री, प्रदेश कमिटी सदस्य घननाथ खनाल , अनेरास्ववियुका केन्द्रिय सचिबालय सदस्य मोहित शाह, केन्द्रिय सदस्य टोपराज जैशि लगाएतको उपस्थिती रहेको अनेरास्ववियुका जिल्ला उपाध्यक्ष बिकल भट्टराईले कोहलपुर टाईम्सलाई जानकारी गराएका छन ।

बांके जिल्ला कमिटी अध्यक्ष दिनेश केसिको सभापतित्वमा कार्यक्रमको सन्चालन सह सचिब बिकास बिक्रम केसिले गरेका थिए । १५० बढि बिद्यार्थीले प्रशिक्षण लिएको उक्त बैठकले विभिन्न निर्णयहरुका साथ आगामि रणनिती तय गरेको अनेरास्ववियु बांकेले जनाएको छ ।

Nabintech