४ बैशाख २०८१, मंगलवार
सीमा मिचिँदा पनि नबोल्ने सरकारको काम छैन: अध्यक्ष ओली

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७९, आईतवार ०८:२५

सप्तरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बसेको आरोप लगाउनु भएको छ । एमाले निकट युवा संघले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा नरहेको बताउनु भयो ।

‘कहीं सीमा मिचेको छ भने बोल्नुपर्छ । यो सरकार सीमा मिचे पनि बोल्न सक्दैन । घुँटा टेकेर बस्छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘आफ्नो सिमाना कहाँसम्म हो त्यो पनि भन्न सक्दैन् । कायरता देखाउँछ । जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न सक्दैन ।’

Nabintech