१३ बैशाख २०८१, बिहीबार
अत्तरियाबाट बझाङ गइरहेको बससँग ट्रक ठोक्कियो, १६ जना घाइते

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७९, सोमबार १६:३८

धनगढी :  कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन्।

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन्। ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ। उनीहरुको पहिचान भने खुलेको छैन। बसमा २४ जना सवार थिए। यस्तै उक्त दुर्घटनापछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा जाम लागेको छ।

जाम लागेपछि राजमार्गमा यात्रु तथा सवारीसाधन ठप्प बनेका छन्। अहिले डडेल्धुरा र डोटीबाट प्रहरी टोली दुर्घटनास्थलमा पुगेको छ। जाम खुलाउन प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

Nabintech