७ बैशाख २०८१, शुक्रबार
माओवादीका केन्द्रीय सदस्य लामा एमालेमा प्रवेश

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७९, सोमबार १७:४६

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश गर्नुभएको छ।माओवादी केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहनुभएका लामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर प्रवेश गर्नुभएको हो ।

लामालाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका एमाले नेताहरुले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

उहाँ हुम्लाबाट निर्वाचित सांसद समेत हुनुहुन्थ्यो। २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद बन्नुभएका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किनु भएको थियो ।

Nabintech