११ बैशाख २०८१, मंगलवार
अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७९, मंगलवार १३:५७

काठमाडौँ – अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाव वृद्धि भएपछि तालिवानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ। तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ।

यो आदेश तालिवानको सम्पत्ति शुद्धीकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो। यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ। प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ।

Nabintech