काठमाडौं : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल साहित्य पुरस्कार दिइएको हो।
उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारेमा आफ्ना सहित्यीक रचना मार्फत उजार गर्दै आएकी छन्।
लेखिका एर्नोका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्य मानिन्छन्। स्विडिश एकेडेमीले प्रदान गर्ने यो पुरस्कार आठ लाख अमेरिकी डलर बराबरको रहेको छ।
यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा पनि आज गरिँदैछ।