२२ बैशाख २०८१, शनिबार
बाढीपीडितको उद्धार गरेर फर्किएका दुई सशस्त्र प्रहरीको दुर्घटनामा मृत्यु

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७९, शनिबार ०९:३६

दाङमा बाढीपीडितको उद्दार गरेर फर्केका सशस्त्र प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।  लमहीबाट भालुबाङ्ग जाँदै गरेको लु ४० प ४९२२ नम्बरको मोटरसाइकल गएराति राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

राप्ती गाउँपालिका- ६ लठ्ठहवा निवासी ३६ बर्षिय सुलेस चौधरी र ३६ बर्षकै लाहनु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । सुलेसको नेपालगन्जमा र लहानुको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुबै जना सशस्त्र प्रहरी जवान रहेको खुलेको छ । बाढी पीडितको उद्दारमा खटिएका उनीहरु कार्यालय फर्किने क्रममा दुर्घटनामा परेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङ्गका एसपी बिनोद केसीले जानकारी दिए ।

Nabintech