२२ बैशाख २०८१, शनिबार
जुम्लाको कनकसुन्दरीमा पहिरो : पाँचजनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७९, शनिबार १०:३६

काठमाडौं : जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ।  पहिरोमा पुरिएका दुईजनाको अवस्था गम्भीर रहेको छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गम्भीर अवस्थामा रहेका दुईजनालाई उद्धार गरी अस्पताल पठाइएको जानकारी दिए।सेना र प्रहरीसहितको टोली घटनास्थलतर्फ लागेको उनले बताए। प्रमुख जिल्ला अधिकारी केशरीका अनुसार घटना बिहान ४ बजेतिरको हो। विस्तृत विवरण आउन बाँकी छ।

Nabintech