५ जेष्ठ २०८१, शनिबार
कांग्रेस नेतृत्वको गठबन्धनविरुद्ध एमाले नेतृत्वको अर्को गठबन्धन

  • टाइम्स संवाददाता

  • २३ आश्विन २०७९, आईतवार ०७:४०

काठमाण्डाै: मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ ।

यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १९, लोसपालाई ७ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ ।

यस्तै, जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधि सभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ । जसपाले ३५ सिटमा एमालेलाई सघाउने सहमति भएको छ । एमालेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग प्रतिनिधि सभाका तीनवटा सिटमा तालमेल गरेको छ ।

झापामा राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवल शम्शेर जबरालाई एमालेले सघाउने छ भने झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने छ ।

 

Nabintech