५ जेष्ठ २०८१, शनिबार
चट्याङ लागेर बाँकेमा एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०७९, सोमबार १३:०७

कोहलपुर : बाँकेमा अविरल वर्षासँगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय कालिबन बस्नेतको चट्याङ लागेर मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो साढे १२ तिर बस्नेत आफ्नो घरदेखि २ किलोमिटर उत्तर जंगल गाई चराउन गएको अवस्थामा चट्याङ परी गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते बस्नेतको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा सोमवार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी बाँकेले जानकरी दिएको छ ।

Nabintech