१५ चैत्र २०८०, बिहीबार
जबजको मार्गदर्शनमा समाजवाद तर्फको यात्रा

  • केपी शर्मा ओली

  • २४ आश्विन २०७९, सोमबार १३:१२

जनताको बहुदलीय जनवाद भन्दा बाहिर यसको व्याख्या जान नपाओस् भनेर रक्षा गर्ने, आन्दोलनलाई यस भित्रबाट चलाउनका लागि वैैचारिक कुरामा लगातार ध्यान दिने र यसमा गहिरो चिन्तन मननको जरुरी छ । मदन भण्डारीसँग कसको विचार मिल्थ्यो, मिल्दैनथ्यो, कसको कुरा मिल्थ्यो, मिल्दैनथ्यो भन्ने आजको छलफलको विषय होइन । उहाँको कोसँग के नाता पर्दथ्यो भन्ने विषय पनि होइन । मदन भण्डारीको अगुवाइमा प्रतिपादित विचारहरू कस्ता थिए भन्ने कुरा जहिलेसुकै ध्यान दिनुपर्ने विषय हो । उहाँका विचारहरूमा नेपालको कम्युनिष्ट आन्दोलनको मात्र कुरा छैन, कम्युनिष्ट पार्टीको मात्रै कुरा छैन । यसमा नेपाली समाजलाई मार्गदर्शन गर्ने सुस्पष्ट विचारहरू छन् ।

जनताको बहुदलीय जनवादलाई हामीले हाम्रो मार्गदर्शक सिद्धान्त बनाएका छौँ, भनेका छौँ र मानेका छौँ । हाम्रो मार्गदर्शक सिद्धान्त भनेको नेपाली समाजलाई मार्गदर्शन गर्ने सिद्धान्त हो । हाम्रो मार्गदर्शक सिद्धान्त नेपाली समाजलाई अगाडि बढाउने सिद्धान्त हो । यस सिद्धान्तलाई अरुले अपनाउन सकेनन् भने हामीले लादिदिने, बोकाइदिने, थोपरिदिने कुरा भएन । उनीहरूले बुझेनन् अथवा बुझिसकेपछि पनि त्यसलाई स्वीकार गर्ने उनीहरूको फराकिलो मन भएन भने सही विचारलाई स्वीकार गर्न फराकिलो मन चाहिन्छ, फराकिलो मन भनेको सत्यलाई अनुसरण गर्ने पूर्वाग्रह रहित मन हो । पूर्वाग्रह वा मतान्धताले सही कुरा स्वीकार गर्न बाधा दिइरहेको हुन्छ । त्यस्ता मानिसहरूलाई सत्य बुझाएर पनि सत्यको बाटोमा हिँडाउन सकिँदैन ।

मदन भण्डारीका युगान्तकारी विचारहरू, परिवर्तनकारी विचारहरू, समाज परिवर्तनका र समाज रूपान्तरणका विचारहरूलाई रोक्ने जुन कोसिस भयो, त्यो किन भएको थियो, कुन पात्रले गरेका थिए ? त्यस्तो कोसिस तिनै पात्रले गरेका थिए, जसले आज कम्यनिष्ट पार्टी टुक्र्याउने, कम्युनिष्ट पार्टीको झण्डैै दुई तिहाई जनमतलाई तल झार्ने, कम्युनिष्ट पार्टीलाई कमजोर स्थितिमा पुर्याउने प्रयास गरिरहेका छन् । त्यतिबेला मदन भण्डारीका विचारहरूलाई रोक्ने तत्वहरू तिनै थिए, जो आज प्रदेश प्रदेशबाट कम्युनिष्ट पार्टीको सरकारलाई यही हो मौका, अब पनि लखेटेन भने कम्युनिष्ट पार्टीले दिग्विजय गर्छ भनेर कम्युनिष्टको बर्को फ्याँकेर कांग्रेसका पछाडि लागिरहेका छन् । मदन भण्डारीका विचारलाई रोक्न दक्षिणपन्थी विचार, प्रवृत्ति, व्यवहार, आचरण, अभ्यास सबै गर्न तयार हुने यिनै तत्वहरू लागेका थिए ।

‘टाढाबाट हेर्दा हिमाल राम्रो देखिन्छ, नजिकबाट हेर्दा थाहा हुन्छ, मदन भण्डारीसँग हामीले संगत गरेकोे छ, कस्ता थिए’ भन्ने छुद्र कुरा गरेर हिँड्ने तिनै तत्वहरू थिए, जो अहिले कम्युनिष्ट पार्टीकै नाम जपेर, कम्युनिष्ट पार्टीकै बर्को ओढेर कम्युुनिष्ट आन्दोलन सिध्याउन भनेर लागेका छन् । उनीहरू अहिले भन्छन् – एमालेको सूर्य अस्तायो, एमालेको सूर्य सिद्धियो । हो तिनै व्यक्तिहरू हुन्, जसले कम्युनिष्ट पार्टीको नेतृत्वमा बसेर कम्युनिष्ट पार्टीलाई सिध्याउने प्रयास गरे । म समेतले गरेको एउटा गल्ती के हो भने त्यस्ता तत्वहरूलाई धेरै पल्ट पार्टीको प्रमुख बनाइयो । योे गल्ती म समेतको हो । त्यो गर्नै हुँदैनथ्यो । त्यस गल्तीले गर्दा अगाडि बढिसकेको कम्युुनिष्ट आन्दोलनलाई फेरि गम्भीर धक्का पुग्यो । यस्ता मान्छेहरूसँग लडेर अहिले हामी अगाडि बढ्नु पर्यो । अगाडि बढ्न थालेपछि, यिनीहरूले हामीलाई बढी नै रोक्न खोजे । हामीलाई आन्दोलनबाटै फाल्न खोजे, तर यिनीहरू आफैैँ फालिए । यिनीहरूले परिवर्तनको बाढी रोक्न सकेनन्, अनि उछिट्टिएर किनारातिर लागे ।

मदन भण्डारीकोे स्मृतिलाई विस्मृतिमा लान खोज्ने, बिर्साउन खोज्ने र मदन भण्डारी अरुजस्तै औसत नेता हुन्, कुनै चिन्तक नै होइनन् भन्ने उनीहरूले ‘इम्प्र्रेशन’ दिए । यसका लागि उनीहरूले कहिले उमेरको हिसाब गरे, कहिले अनेक खालका लाञ्छानायुक्त र भ्रमपूर्ण हिसाब किताबहरू गरे । अहिले उनीहरू आफूलाई ‘म अध्यक्ष हुँ अध्यक्ष’ भन्छन् । ‘म नेता हुँ नेता’ भन्छन् । अहिले तिनै मान्छे ‘मदन भण्डारीले त जम्मा साढे तीन वर्ष महासचिव चलाएका हुन्, मैले त यति वर्ष चलाइसकें, यति वर्ष पार्टी हाँकीसकें’ भन्छन् ।

सही उद्देश्य वहन गर्ने नेतृत्व हुनु र नहुनुको भिन्नता हामी हाम्रै भोगाइबाट पाउन सक्छौं । मदन भण्डारी आउने बित्तिकै देशमा उथलपुथल आँधिहुरी आएर त्यत्रो परिवर्तन भयो । यत्रो वैचारिक क्रान्ति भयो । त्यस ठाउँमा अरु आएपछि उनीहरूले उठेको आन्दोलनलाई सेलाउँदै सेलाउँदै २ सय ४० सिटमध्ये ३३ सिटमा पुर्याए । तिनीहरू पहिले प्रतिगमन भयो भन्छन्, प्रधानमन्त्री हुने मौका मिल्यो भने प्रतिगमन आधा सच्चियो भन्छन् ।

क्रान्तिका नाममा, जनयुद्धका नाममा मुलुकमा प्रचण्डकोे उत्पात मच्चिएको थियो । त्यतिबेला तिनीहरूमा उग्र वामपन्थको विरोध गर्न सक्ने सामथ्र्य थिएन । सैद्धान्तिक संघर्ष छैन, वैचारिक संघर्ष छैन । दक्षिणपन्थको पनि विरोध हुन सकेको छैन । उग्रबामपन्थको पनि विरोध हुन सकेको छैन । त्यसबेला पार्टी भित्र यस्तोेसम्म स्थिति बन्यो – एमालेको लिङ्ग छुट्टिएन भन्ने चर्चा चल्यो । उग्रपन्थी हो कि, दक्षिणपन्थी हो कि, केही पनि होइन कि । कुनै पहिचान नै भएन । हामी सातौँ राष्ट्रिय महाधिवेशनमा आयौँ, हामी कतै केहीमा पनि छैनौँ, त्यत्तिकै छौँ । नीतिमा केही पनि छैन । पार्टीमा त्यस खालको स्थिति बन्यो । यस्तो अवस्थामा हामीले हाम्रो सिद्धान्तको झण्डा, विचारको झण्डा झुक्न नदिन मदन भण्डारी फाउण्डेशन स्थापना गरेर अघि बढ्नुपर्ने स्थिति आयो ।

बहुदलीय लोकतन्त्र अपहरण भएर प्रतिगमन भइराखेको थियो । तर हाम्रा पार्टीका प्रमुख नेता पृथ्वीनारायण, पृथ्वीनारायण भन्दै सेता कुर्ता लगाउने एकजना दाह्रीवाला मान्छेसँग लाइनमा उभिएर प्रधानमन्त्रीको दरखास्त दर्ता गराउन गए । यस्तो खालका केटाकेटी खेल हाम्रो पार्टीको तर्फबाट भयो । यस्तो स्थितिमा हामीले पार्टीलाई पार्टीको रूपमा, आन्दोलनलाई आन्दोलनको रूपमा, विचारलाई विचारकोे रूपमा प्रस्तुत गर्र्नु, त्यसलाई उभ्याउनु, त्यसको रक्षा गर्नु, त्यसको विकास गर्नु, त्यसलाई अगाडि बढाउनु जरुरी थियो । त्यसैकारण मदन भण्डारी फाउण्डेशनको स्थापना भयो । यो काम बुझेर भयो र सही काम भयो । त्यस्ता तत्वहरू हावी भइरहेका बेला मदन भण्डारी फाउण्डेशनले जबजको झण्डा उठाइरह््यो । त्यसले मदन भण्डारीले उठाएको झण्डा उठाइरह्यो । त्यसले यस आन्दोलनाई सकारात्मक योगदान गरिरह्यो । त्यसैको भूमिकाले हाम्रो आन्दोलन सफल बनिराखेको छ ।

अब जनताको बहुदलीय जनवाद के हो भन्ने कुरा हामीले बुझ्नु पर्छ । मदन भण्डारीले पाँचौ महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवादलाई हामीले जनताको बहुदलीय जनवादको एउटा शास्त्र बुझ्यौं भने त्यो पूर्ण सत्य होइन । त्यसले जनताको बहुदलीय जनवाद के हो भन्ने कुरालाई अलिकति झलक दिन्छ । तर त्यो आधार मात्रै हो, त्यो एक समयको राजनीतिक कुरा हो । त्यसका १४ वटा विशेषता छन् । त्यसमा थप गरिएका विशेषतालाई सामान्य राजनीतिक कार्यक्रम भन्ने बुझिन्थ्यो । कम्युनिष्ट आन्दोलनका, कम्युनिष्ट पार्टीका, कम्युनिष्ट पार्टीले अगाडि सार्ने कार्यक्रमका ती थप राजनीतिक विशेषता भए । ती १४ वटा विशेषता हाम्रा सामाजिक विशेषता होइनन्, राजनीतिक विशेषता हुन् । ती सांस्कृतिक विशेषता होइनन् राजनीतिक विशेषता हुन् । ती आर्थिक विशेषता होइनन् । समग्र सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय क्षेत्रमा, मानवअधिकारको क्षेत्रमा हाम्रा नीतिहरू के हुन् भन्ने कुराको समग्र व्याख्या ती १४ वटा विशेषताहरूमा गरिएको छैन  । त्यहाँ १४ वटा राजनीतिक विशेषताहरू छन् । प्रणालीगत र प्र्रक्रियागत विशेषता त्यहाँ छन् । ती विशेषता हामीले त्यतिबेला किन राख्नुप¥यो भने लोकतन्त्र प्रतिको निष्ठालाई लिएर कम्युनिष्ट आन्दोलनमाथि हमला भइराखेको थियो ।

हामीले एकाधिकारवादीहरू, तानाशाहहरू, अधिनायकवादीहरू विरुद्ध लड्नु परेको थियो । हामीले तिनैै कुराहरू ठिक छन् कि छैनन् भनेर कम्युनिष्ट आन्दोलनले बोकिरहेका परम्परागत कुराहरूलाई हेर्नुपर्ने थियो । यसरी हेर्दा समाजको चरित्र नै बहुलवादी थियो । समाजको चरित्र नै प्रतिस्पर्धात्मक छ । तपाईं स्कूलमा जानुस् प्रतिस्पर्धा, खेतबारीमा जानुस् प्रतिस्पर्धा, जाँचमा जानुस् प्रतिस्पर्धा, लोकसेवा जानुस् प्रतिस्पर्धा, पुलिसको भर्नामा जानुस् प्रतिस्पर्धा, आर्मीको भर्नामा जानुस् प्रतिस्पर्धा, दौडमा जानुस् प्रतिस्पर्धा, खेलकुदमा जानुस् प्रतिस्पर्धा, पूmटबलमा जानुस् प्रतिस्पर्धा, गायनमा जानुस् प्रतिस्पर्धा, नृत्यमा जानुस् प्रतिस्पर्धा, चित्रकलामा जानुस् प्रतिस्पर्धा छ । समाजको प्रकृति नै प्रतिस्पर्धात्मक छ भने प्रतिस्पर्धा अस्वीकार गर्ने र आपूूmले भनेको अनुसार हुनुपर्छ भन्ने कुरा कमसे कम वर्तमान समाजको मूल्य मान्यता अनुरूप हुन्न । त्यसकारण हामीले प्रतिस्पर्धात्मक प्रणाली नै अपनाउनु पर्छ । बहुलवाद प्रकृृतिको सामान्य चरित्र हो । त्यसमा बहुलता, विविधता हुन्छ । एउटै जातको उस्तै देखिने बिरुवा कलमी गरेर फेरि उस्तै बनाएर राख्नुस्, फरक नै हुन्छ । हामी टाढाबाट हेर्दा एकैनासका उस्तै बिरुवा भन्छौँ । नजिक गएर हेर्दा अलिकति फरक हुन्छ । अङ्गुरको झुप्पा उस्तै देखिन्छ तर त्यहाँ भिन्नता हुन्छ ।

प्रकृतिको विशेषता के हो भने हामी यति धेरै मान्छे यहाँ बसेका छौँ, हामी सबैका आँखा छन्, आँखा उस्तै छन् । तर एउटाको आँखा अर्कोसँग मिल्दैन । प्रेम गर्नेहरूले एउटाको आँखालाई प्रेम गर्दा अर्काको आँखालाई पनि उस्तै प्रेम गर्थे होला । तर त्यहाँ फरक हुन्छ । नाक फरक हुन्छ, मुख फरक हुन्छ, कान फरक हुन्छ । त्यसै कारण आफ्नो मान्छे, अर्काको मान्छे, वरको मान्छे, परको मान्छे, मन पर्ने मान्छे, मन नपर्ने मान्छे हुन्छ । त्यसै कारण प्रकृतिको बहुलता, विविधता र प्रतिस्पर्धा समाज र मानव जीवनका, मानवीय सभ्यता र विकासका आधारभूत पक्ष हुन् । तसर्थ हामीले यी कुराहरूलाई अपनाएर जानुपर्छ । यो हाम्रो बाध्यता होइन, हाम्रो रोजाई हो । हाम्रो दृष्टिकोण हो । यो हामीले ठम्याएको ठम्याई हो । प्रकृतिको नियम हामीले बनाएको होइन । समाजको प्रतिस्पर्धात्मक चरित्र हामीले बनाएको होइन । त्यो चरित्रलाई हामीले बुझेका हौं । बुझेपछि अनुशरण गर्नुपर्छ । यथार्थलाई स्वीकार गर्नुपर्छ । संविधानको सर्वोच्ता, आवधिक निर्वाचन, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली यी आवश्यक कुराहरू हुन् । त्यसकारण यिनलाई थप विशेषताका रूपमा राख्नुपर्छ भनेर १४ वटा कुराहरू जनताको बहुदलीय जनवादमा थप विशेषता भनेर राखियो ।

हामीले जनताको बहुदलीय जनवादका १४ विशेषता भनेर कण्ठ गरेर मात्र हुँदैन । जनताको बहुदलीय जनवादमा संक्षिप्तमा कहिले १४ वटा विशेषता राख्नु प¥यो, कहिले अरु थप ७ वटा विशेषता राख्नुप¥यो । परिस्थिति र समय अनुसार कहिले थप अरु २० वटा विशेषता राख्नुपर्ला । जनताको बहुदलीय जनवादको मुख्य मर्म के हो भने समाज अहिले जुन स्थितिमा छ, त्यस स्थितिबाट अग्रगामी परिवर्तन गर्नु र रूपान्तरणमा लाने हो । समाजलाई यो भन्दा उन्नत अवस्थामा लैजाने हो । मात्रात्मक र गुणात्मक रूपमा उन्नत अवस्थामा लैजाने हो । हामीले मात्रात्मक रूपमा समाजलाई उन्नत बनाउँदै जानुपर्छ र मात्रात्मक एकाइ वृद्धि भएर समाजमा अरु गुणात्मकता आउँछ । हामीले समाजवादकोे आधार तयार गर्दै त्यसतर्फ अगाडि बढाएको यात्रा यही हो ।

जनताको बहुदलीय जनवादले के भन्छ भने हाम्रो क्रान्ति, हाम्रो सामाजिक परिवर्तन र रूपान्तरण एउटा कुनै झट्कावाला क्रान्ति होइन । यहाँ पेरिस कम्युनको जस्तो अथवा रुसको जस्तो अथवा चीनको जस्तो अथवा क्युवाको जस्तो अथवा भियतनामको जस्तो अथवा अन्यत्र कतैको जस्तो झट्कावाला क्रान्ति हुँदैन । विद्रोहको रूपमा पनि हुँदैन, दीर्घकालीन युद्धको रूपमा पनि हुँदैन । यो एउटा रूपान्तरणकारी तरिका, रूपान्तरित हुँदै जान्छ र शान्तिपूर्ण रूपमा हुँदै जान्छ । हामीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदाका केही महत्वपूर्ण निष्कर्षहरू यिनै हुन् । जनताको बहुदलीय जनवादका यी आधारभूत कुराहरू हुन् । जनताको बहुदलीय जनवादले अरु भन्दा पृथक कुरा के भन्छ भने यो जनताकोे हो । पिपुल्स मल्टिपार्टी डेमोक्रेसीले निर्दिष्ट गरेकोे पहिलो कुरा जनताका लागि हो, जनताका लागि भनेको मानव जातिका लागि हो ।

कतिपयले जनताको बहुदलीय जनवादले लिएका विशेषता त पुँजीवादले पनि अपनाएको थियो भन्छन् । उनीहरूले अपनाउने र हामीले अपनाउने बिचमा धेरै भिन्नता छ । लोकतन्त्रलाई उनीहरूले बुझ्ने कुरा र हामीले बुझ्ने कुरा फरक छ । हामी न्यायसँग, सत्यसँग जोडेर बुझ्छौँ । उनीहरू स्वार्थसँग जोडेर बुझ्छन् । हामी सत्यसँग जोडिएको लोकतन्त्र चाहन्छौँ । बुर्जुवाहरूको डेमोक्रेसी स्वार्थसँग जोडिएको हुन्छ । उनीहरू डेमोक्रेसीको प्रयोग शासक समूहको स्वार्थसँग जोडेर गर्छन् । हामी डेमोक्रेसीको प्रयोग सत्यसँग जोडेर गर्छांै । हामीले भनेको सत्य मानव जातिको सुख हो । लोकतन्त्रले मानव जातिको कल्याण गर्नुपर्छ, हामीले भनेको त्यो हो । पुँजीवादीहरू लोकतन्त्रको नाम जप्दै पुँजीवादको बाटोतिर लाग्छन् भने हामीहरू लोकतन्त्रको प्रयोग गर्दै समाजवादतर्फ अघि बढ्छौँ । (क्रमशः)

Nabintech